त्रिभुवन विमानस्थलबाट सुन मिश्रित कपडासहित एकजना पक्राउ


काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन मिश्रित कपडासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

इण्डिगो ​एयरलाइन्सको उडानद्वारा दुबईबाट मुम्बई हुँदै काठमाडौं आएका ३५ वर्षीय मोहमद जीशनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट नियन्त्रणमा लिई चेकजाँच गरिएकाे थियाे । त्यस क्रममा उनले लगाएर आएको नीलो रंगको जिन्स पाइन्ट, कालो रंगको गन्जी र खरानी रंगको भित्री वस्त्रमा सुन जस्तो देखिने पहेंलो रंगको लेपनर पेष्‍ट गरिएको भेटिएको थियो ।

प्रतिक्रिया