माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

बिहीबारबाट सुरु माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्न लागेको हो ।

बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने कार्यक्रम छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया