नेप्से परिसूचक पौने २१ अंकले घट्यो, ३ अर्ब २० करोडको कारोबार


काठमाडौं – नेप्से परिसूचक पौने २१ अंकले घटेको छ । बिहीबार २०.७६ अंकले घटेको सेयर बजार २००५.८३ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर छ ।

प्रतिक्रिया