हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ महासमिति सदस्य, देउवालाई बुझाइयो हस्ताक्षर


काठमाडाैं- नेपाली कांग्रेसका १ हजार ६३ महासमिति सदस्यले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । ३९ केन्द्रीय सदस्यसहित १ हजार ६३ जनाको हस्ताक्षर बिहीवार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ ।

पाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि गरेको हस्ताक्षर सभापति देउवालाई बुझाएका हुन् ।

फागुन ७ गतेदेखि सुरू भएको महासमिति बैठक आज समापन गर्ने तयारी छ ।

प्रतिक्रिया