५० लाख ब्लडमनीको व्यवस्था गरेर श्रेष्ठ र मगरलाई बचाउन सांसद खतिवडाको आग्रह


काठमाडाैं- युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ ।

विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको थियाे । अहिले पीडित परिवारले ५० लाख रुपैयाँ ब्लडमनी मागिरहेका छन् । साेही विषयमा बाेल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले  श्रेष्ठ र धादिङ निवासी पहलमान मगरलाई छुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ५० लाख ब्लडमनिका कारणले उनीहरू जेलमा रहेको बताए । ब्लडमनी ५० लाखका दरले नदिए उनीहरूलाई यही महिनामा मृत्युदण्ड दिने युएई सरकारले घोषणा गरेको खतिवडाले बताए ।

सांसद खतिवडाले सरकारलाई भुवन श्रेष्ठ र पहलमान थापालाई ब्लडमनि तिरेर स्वदेशमा ल्याउने पहल गर्न आग्रह गरे । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई त्यसका लागि पहल गर्न ध्यानाकर्षण गराए ।

प्रतिक्रिया