

एमाले केन्द्रीय कमिटी बैठक जारी, आज निष्कर्ष सुनाइने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज निष्कर्ष सुनाइँदै छ ।
समूहगत छलफलबाट आएका निष्कर्ष आजको बैठकमा सुनाउन लागिएको हो ।
बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा हिजो समूहगत छलफल भएको थियो । छलफलका लागि नौवटा समूह बनाइएको छ ।
छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम छ ।

