

दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाललाई चौथो सफलता हात लागेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चौथो सफलता दिलाएका हुन् ।
ऐरीले नामिबियाका जान फ्रांकलिनलाई ४ रनमा एलबीडब्लू धरापमा पारेका हुन् ।
त्यसअघि कुशल मल्लको पहिलो बलमा नामिबियाका भान लिङगेन आउट भएका थिए ।
उनले दुई छक्का र ४ चौकाको मद्धतले ३१ रन बनाएका थिए। यसअघि कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई क्लिनबोल्ड गर्दै दोस्रो विकेट लिएका थिए। उनले तीन रन बनाएका थिए। त्यस्तै, सोमपाल कामीको बलमा दिपेन्द्रसिंह ऐरीले नामिबियाका निकोलस डाविन रन आउट गराए। उनले ८ रन बनाए।
नामिबिया अहिले १८ ओभरमा ८६ रन बनाउँदा चार विकेट गुमाएर खेलिरहेको छ ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। नामिबियाबीच १६९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको छ।

