एनआईसी एशियाले शाखा बन्द गर्न निवेदन दिएकै हो : नेपाल राष्ट्र बैंक


काठमाडाैं- नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको बताएको छ । मंगलबार एक सञ्चारमाध्यममा बोल्दै राष्ट्र बैंकका सह-प्रवक्ता डा. भागवत आचार्यले शाखा बन्द गर्न एनआईसी एशिया बैंकले निवेदन दिएको बताएका छन् । तर, उनले राष्ट्र बैंकले त्यसमा स्वीकृति नदिएको दाबी गरेका छन् ।

केहि समयअघि एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको भनेर खबर आएका थिए । तर, बैंकले सार्वजनिक विज्ञप्ति नै जारी गरेर उक्त कुरा झुटो भएको भन्दै खण्डन गरेको थियो ।

अहिले भने नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको तर आफूहरुले स्वीकृति नदिएको बताइरहेको छ ।

 

प्रतिक्रिया