
राजसंस्था पुनःस्थापना लगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै राप्रपा
काठमाडौं – राजसंस्था पुनःस्थापन लगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले बुझाउने भएको छ । राप्रपाले ४० बुँदे बुझाएर आन्दोलनमा होमिन लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो साढे एक बजे प्रधानमन्त्री भेट्ने कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । त्यसअघि राप्रपाले जनप्रदर्शन र आमसभा समेत गर्नेछ ।
दिउसो साढे १२ बजे भृकुटीमण्डपबाट र्याली निस्केर नगर परिक्रमा गर्ने छ । त्यसपश्चात भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत हुने छ ।
आमसभाकै क्रममा प्रमेख नेताहरू मागपत्र बुझाउन जानेछन् । बुझाएर फर्किएपश्चात अध्यक्ष लिङदेनले आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
राप्रपाले आज देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई सोही मागपत्र प्रस्तुत गर्ने भएको छ ।
राप्रपाको मागपत्रमा राजसंस्था पुनःस्थापन, प्रदेश खमरणजी, हिन्दुराज्य पुनःस्थापन लगायतका राजनीतिब माग तथा जनजिविकाका विषयहरू समेटिएका छन् ।




कागजपत्र |
