कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल


काठमाडौं– विभिन्न मेला, महोत्सव तथा सडक पेटीहरुमा बेचिने कटन क्यान्डीमा क्यान्सर गराउने केमिकल भेटिएको पाइएको छ । खाद्य गुणस्तर जाँचको क्रममा चीनीबाट तयार गरिने कटन क्यान्डीमा कपडा उद्योगमा प्रयोग गरिने रोडोमाइन-बी केमिकल प्रयोग हुने गरेको पाइएको हो ।

रोडामाइन–बी केमिकलको प्रयोगले मानव शरिरमा क्यान्सर रोग उत्पन्न गराउन सक्ने चिकित्सकहरुले बताएका छन् । उक्त केमिकलको प्रयोगले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छ ।

कटन क्यान्डीमा यस्तो घातक केमिकल भेटिएको पाइएपछि भारतका विभिन्न राज्यमा कटन क्यान्टीको खरिदबिक्री तथा उत्पादनमा प्रतिबन्ध लगाइएको छ । नेपालमा पनि पछिल्लो केही सातायता केही स्थानीय तहहरुले कटन क्यान्डीको खरिदबिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन् ।

 

प्रतिक्रिया