अन्तत: दाहाल-नेपाल समूहको पत्र संसद सचिवालयमा दर्ता भयो


काठमाडौँ – नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको जानकारीसहितको पत्र संसद सचिवालयले अन्ततः दर्ता गरेको छ।

यसअघि सचिवालयले पत्र दर्ता गर्न अस्वीकार गरेको थियो।

दाहाल र नेपाल आफू पक्षका सांसदसहित दलको नेतामा प्रचण्ड निर्वाचित भएको पत्र लिएर संसद सचिवालय गएका थिए।

११२ जना सांसदको हस्ताक्षरसहित पत्र दर्ता भएको स्रोतले बतायो ।

प्रतिक्रिया