

संकटमा नेदरल्याण्ड्स, कप्तान रोहितले लिए सातौं विकेट

काठमाडौं — नेपालका कप्तान रोहित पौडेलले नेपाललाई सातौं सफलता दिलाएका छन् ।
त्यसअघि कुशल भुर्तेलले नेपाललाई छैठौं सफलता दिलाएका थिए ।
नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका लागि पार्टटाइम बलर भुर्तेलले छैटौं विकेट लिएका हुन् ।
यससँगै नेदरल्याण्ड्सले १०१ रन बनाउँदा ७ विकेट गुमाएको छ ।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए भने ललितनारायण राजवंशीले २ विकेट लिएका छन् भने दुई जना रनआउट भएका छन् ।

