साथीले हानेको गोली लागेर शिकारीको मृत्यु


दाङ- आफ्नै साथीले हानेको गोली लागेर शिकारीको ज्यान गएको छ ।

हिजो हापुरेको होसिरे जंगलमा शिकार खेल्न गएका बबई ४ ठाटी खोला २४ वर्षीय तेजलाल खत्रीको गोली लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

शिकार खेल्न गएका सबै एकाघरका हुन् । तेजलालको मृत्युभएपछि शिकार खेल्न गएका अरू सबै १० जना फरार छन् । फरार भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया