मन्त्री ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन एमालेको माग


काठमाडौं- नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका हुन् ।

ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

मन्त्रीकै गम्भीर कमजोरी र लापरवाहीको कारण  घटना भएको निष्कर्ष आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उनलाई एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ यदि यति ठूलो घटनाको मुख्य दोषी मन्त्रीलाई चाँही उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामा ल्याउने प्रयत्न गरियो भने त्यो कदापी न्यायोचित र स्वीकार्य हुने अवस्था रहँदैन  त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ्र हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ्र ।’

 

प्रतिक्रिया