

सोमपालले दिलाए नेपाललाई पहिलो ओभरमै सफलता

काठमाडौं — नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा पहिलो ओभरमै सफलता हात पारेको छ ।
नेपालका लागि सोमपाल कामीले खेलको तेस्रो बलमा विकेट लिएका हुन् ।
कामीले खेलको तेस्रो बलमा नेदरल्याण्ड्सका ओपनर मिचेल लेभितलाई शुन्य रनमा देव खनालको हातबाट क्याचआउट गराएका हुन् ।
नेपालले टस जितेर पहिले फिल्डिङ गरेको हो ।

