

एनआइसी एसिया बैंकको दाबी- सबै वित्तीय सूचकहरूमा अब्बल छौं

काठमाडाैं- एनआईसी एशिया बैंकले सबै वित्तीय सूचकहरूमा आफू अब्बल रहेको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैंकले पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका कुरालाई अफवाह भएको बताउँदै सबै सूचकहरूमा कुनै समस्या नरहेको जनाएको हो ।
मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकमध्ये उत्कृष्टमा पर्न सफल भएकोमा एनआइसी एसिया बैंकले आभार प्रकट गरेको छ ।
बैंकले सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिएका ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेको हो ।
बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको र डिजिटल बैंकिङलगायतका वित्तीय परिसूचक सर्वोत्कृष्ट बन्न सफल भएको दाबी गरेको छ ।

