झामाथि दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, किसानबाट संकलित दूध पाउडर बनाएर गोदाममा थन्काएर भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा प्रस्ताव गरेको लगायतका आरोप क्रान्तिकारी युवा संगठनले लगाएको छ ।


डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै मोसो दलियाे

काठमाडौं- दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जिव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कार्यकक्षमै दुर्व्यवहार गरेका छन् । संगठनले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।
झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए ।

