एनआरएनएको केन्द्रीय कार्यालय भवनसहितको जग्गा जफत हुने


काठमाडौं-गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालय भवन जफत हुने भएको छ ।

विशेष अदालतको फैसलासँगै एनआरएनएको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनसहितको जग्गा जफत हुने भएको हाे ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास र त्यसले चर्चेको जग्गा सरकारका नाममा कायम हुनेगरी फैसला गरेसँगै एनआरएनएको सम्पत्ति पनि जोखिममा परेको हो ।

शेष घले अध्यक्ष हुँदा एनआरएनएले बालुवाटारमा ३ रोपनी भन्दा धेरै जग्गा झण्डै १३ करोड रुपैयाँ खर्चिएर किनेको थियो । पछि सोही विवादित जग्गामा भवन बनाइएको थियो भने सोही स्थानबाट सचिवालयले काम गर्दै आएको छ ।

 

प्रतिक्रिया