‘महासमिति मन्थन विशेष भेला’ सुरु हुँदै


काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि महासमिति सदस्यहरुले भेला बोलाएका छन् ।

राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा यही फागुन ७ गतेदेखि गोदावरीमा हुने महासमिति भेलामा उठाउनुपर्ने विषयका साथै एजेन्डाहरुका विषयमा छलफलका लागि विशेष भेला आयोजना गरिएको नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले जनाए ।

युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम आयोजना गरेका हुन् ।

पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति बैठकलाई कर्मकाण्डी मात्र बनाउन नहुने विषयमा छलफल भएको कांग्रेस युवा नेता भूपेन्द्र जंग शाहीले जनाए । सरकारमा रहेको अवस्थामा र अन्य अवस्थामा पनि पार्टीले देशका गम्भीर समस्या र जनताका समस्या समाधानका लागि पार्टीभित्रका सबै पक्षहरुलाई समेट्नु पर्ने शाहीले जनाए ।

पछिल्ला केही वर्षयता पार्टीभित्र गुटबन्दीका चरम प्रभाव देखिएको हुनाले गुटबन्दीको अन्त्यका लागि पनि कसको भूमिका कति रहने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

त्यसअघि मंगलबार पनि महासमिति मन्थन भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया