राप्रपाले फागुन ९ गते देशभर प्रदर्शन गर्ने, प्रधानमन्त्रीलाई मागपत्र बुझाउने


काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन ९ गते काठमाडौंसहित देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।

राप्रपा अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको उपस्थितिमा, आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमसेर राणाको अध्यक्षतामा बसेको परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरू, उपत्यकाका जिल्ला अध्यक्षहरू, भातृ संगठनका प्रमुख लगायतको बैठकले साे निर्णय गरेकाे हाे ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाहलगायत जनजीविकासँग सम्बन्धित विभिन्न माग राख्दै प्रदर्शन गर्न लागिएकाे हाे ।

हिजोकाे बैठकले साेही दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माग पत्र बुझाउने निर्णय पनि गरेको छ । ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई मागपत्र पेस गर्ने निर्णय राप्रपाले गरेकाे हाे ।

प्रतिक्रिया