‘भ्यालेन्टाइन डे’ मा सीताले श्रीमानलाई समर्पण गरिन् ‘प्लेयर अफ द म्याच’ अवार्ड


काठमाडौं- मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटारफाइनलमा कुवेतविरुद्ध ह्याट्रिक विकेट लिँदै टिमलाई सेमिफाइनलमा पुर्‍याएकी सीता रानामगर प्लेयर अफ द म्याच घोषित भएकी छन् ।

उनले खेलपछि बोल्दै आफूले पाएको प्लेयर अफ द म्याचको अवार्ड श्रीमान दीलिप लामालाई समर्पण गरेकी छन् ।  ‘आजको यो अवार्ड मेरो श्रीमानलाई समपर्ण गर्न चाहन्छु र साथसाथै ह्याप्पी भ्यालेन्टाइन डे पनि भन्न चाहन्छु,’ सीताले भनिन् ।

सीताले कुवेतविरुद्धको खेलमा १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियादा मुरालीको विकेट लिइन् । त्यसपछि १२.३ ओभरमा उनले कुवेतकी मारयम ओमरलाई आउट गरिन् । १२.४ ओभरमा उनले कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काउँदै ह्याट्रिक पूरा गरेकी थिइन् ।

प्रतिक्रिया