एसीसी प्रिमियर कपः सीताको ह्याट्रिकका साथ कुवेतविरुद्ध नेपालको फराकिलो जित


काठमाडौं – एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

सम्पन्न क्वाटरफाइनलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

वर्षाले प्रभावित खेलमा नेपालले पाएको ४९ रनको नयाँ लक्ष्य नेपालले ६.५ ओभरमा पूरा गरेको थियो । नेपालका लागि इन्दु बर्माले २२ रन बनाइन् भने सीता राना मगरले १७ रन बनाएकी थिइन् ।

त्यसअघि सीताको ह्याट्रिकका मद्दतले नेपालले कुवेतलाई २० ओभरमा ७३ रनमा रोकेको थियो ।

कुवेतका लागि प्रियादा मुरलीले २९ रन बनाएकी थिइन् । नेपालका लागि कविता कुँवर र रुविना क्षेत्रीले २/२ विकेट लिएका थिए ।

प्रतिक्रिया