

नेपालले पहिलो विकेट गुमायो

काठमाडौं- क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले धमाकेदार सुरुवात गरेको छ । ६ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ५५ रन बनाएको हो ।
कुशल भुर्तेल १३ रन बनाएर डिलोन हेलिगरको बलमा बोल्ड भए । अर्का ओपनर अनिल साहले २३ बलमा ३० रन बनाएर खेलिरहेका छन् । उनले ५ चौका हिर्काएका छन् । क्यानडाले नेपालसामु २ सय ३३ रनको लक्ष्य राखेको छ ।

