यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार


काठमाडौँ – यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।

सोमबार विभागको कार्यालय मीनभवनमै रिजालमाथि दुर्व्यवहार भएको हो ।

लाइसेन्स घोटाला प्रकरणमा छानबिन गरेको विषयलाई लिएर आफूमाथि दुर्व्यवहार भएको उनले बताए ।

स्रोतका अनुसार क्रान्तिकारी युवा संगठनले दुर्व्यवहार गरेको हो ।

दुर्व्यवहार गर्ने युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया