अर्कोपल्ट माधव नेपालले चुनाव जित्दैनन् : केपी ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब चुनाव नजित्ने बताएका छन् ।  नेकपा एमाले रौतहटको १० औँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को पटकदेखि माधव नेपालले चुनाव समेत नजित्ने दाबी  गरे ।

‘त्यतिबेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ’ ओलीले भने ।

ओलीले एमालेले माधवलाई प्रधानमन्त्री समेत बनाएपनि दुई तिहाइको सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पेको आरोप लगाए ।

 

 

प्रतिक्रिया