माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक


काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाएको छ । मस्यौदा विधान २०८० माथि छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुनेछ । शुक्रबार र शनिबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्नेछ । आइतबार र सोमबार केन्द्रीय समितिमा विधान मस्यौदाबारे छलफल हुनेछन् ।

अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । मस्यौदा कार्यदलले बुझाएको मस्यौदामाथि २१ दिन तल्लो समितिमा छलफल भएको थियो ।

प्रतिक्रिया