कोरोनाविरुद्धको खोप सबै लक्षित समुदायमा पूर्याउँछौं : अर्थमन्त्री पौडेल


काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् ।

शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने र सबै लक्षित समुदायमा खोप पुर्‍याउने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर गरे ।

उनले भने, ‘सरकारले खासगरी आकस्मिक रुपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकास, निर्माण र समृद्धिका अभियानलाई अगाडि बढाउने सन्दर्भमा पनि निजी क्षेत्रको मनोबललाई उच्च बनाउने काम गरेको छ ।’

 

प्रतिक्रिया