

कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन

झापा — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ ।
नेता बुढाथोकीको उपचारको क्रमममा विराटनगरस्थित बिराट मेडिकल कलेजमा निधन भएको जनाइएको छ ।
नेपाली कांग्रेस झापा जिल्लाका पूर्व सभापति समेत रहेका बुढाथोकी संविधानसभा सदस्य समेत थिए ।
उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए ।

