अरुण चौधरीसहित तीन जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरीसहित तीनजनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले चौधरीलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको चौधरीका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए ।

सीआईबीले थप अनुसन्धानका लागि समय माग गरेका थिए ।

सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रक्ररणमा पक्राउ परेका तीनैजना स्वास्थ्यको कारण देखाई ग्रान्डी अस्पतालमा छन् ।

प्रतिक्रिया