


तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचारी ठहर, ४ वर्ष कैदकाे सजाय

काठमाडौं- विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण ढुङ्गाना, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो ।
सोमबार उनलाई दोषी ठहर गर्दै अदालतले ४ वर्ष कैद र बिगो तथा जरिवाना भराउने फैसला सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरे सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेषले घिमिरेसँग सिरहाको तत्कालीन राजपुर गाविसले २ लाख २६ हजार ६ सय ३३ रुपैयाँ, अर्नमा प्रारा गाविसले २२ लाख ६५ हजार ८ सय ७७ र तत्कालीन राजपुर गाविसले २ लाख ६७ हजार २६ रुपैयाँ बिगो घिमिरेबाट पाउने फैसला सुनाएको छ।

