

सिमानामा काँडेतार लगाउन माग, मेयर हमालको पनि समर्थन

कैलाली- सरकारलाई दवाब स्वरुप सिमानामा काँडेतार लगाउन भन्दै धनगढीमा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
राष्ट्रवादी चलचित्र काँडेतारको च्यारिटी शोमा आज (शनिवार) हस्ताक्षर संकलन गरिएको हो । भारतको सिमा विस्तारवादलाई रोक्न नेपाली भूमिमा काँडेतार लागाउनु पर्ने भन्दै काँडेतार चलचित्रको टिमले धनगढीमा हस्ताक्षर संकलन गरेको हो ।
भारतले गरिहेको नेपाली भूमि अतिक्रमण रोक्न सरकारलाई दवाब स्वरुप काँडेतार चलचित्रको च्यारिटी शोमा सहभागीहरु बाट हस्ताक्षर संकलन गरिएको नायक तथा निर्देशक नवल खड्काले बताए ।
हस्ताक्षर संकलनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले समेत हस्ताक्षर गरेका छन् ।

