

अर्घाखाँचीमा रोकि राखेको जिप गुडेर भिरबाट खस्यो, २ जनाको मृत्यु

रूपन्देही — अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शनिबार बिहानै ढाकावाङ्गको थापाडाडाँमा बाटोबाट करिब १५० मिटर जीप तल खसेको हो । शनिबार बिहानै भएको दुर्घटनामा २ जनाको मृत्यु भएपनि उनीहरूको पहिचान खुलेको छैन ।
लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्युु भएको स्थानीयले जनाए ।
गाडी रोकेर चालक पसलमा सामान किन्न गएको बेला गाडी अचानक गुड्दा भिरबाट खसेको जनाइएको छ । प्रहरीले चालक बसन्त खनाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

