

पिएम कपः उपाधिका लागि पुलिस र आर्मी आज भिड्दै

काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।
बिहान सवा ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्न लागेका हुन् ।
पुलिस अपराजित रहँदै फाइनलमा पुगेको टिम हो । पुलिसले लिगका सबै नौ खेल जितेको छ । आर्मी नौ खेलमध्ये सातमा जित र दुईमा हार व्यहोर्दै फाइनलमा आइपुगेको टिम हो ।
प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार पाउनेछन् ।

