

अमेरिकी खुफिया एजेन्सीका पूर्व अधिकारी शुल्टेलाई ४० वर्षको जेल सजाय

काठमाडाैंं- अमेरिकी खुफिया एजेन्सी सीआईएका पूर्व अधिकारी जोशुआ शुल्टेलाई ४० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई जासुसी, कम्प्युटर ह्याकिङ, अदालतको अवहेलना, एफबीआईलाई गलत बयान दिने र बाल दुर्व्यवहारको तस्बिर राख्ने आरोपमा सजाय सुनाइएको हो ।
अभियोजकले उनलाई सीआईएको ‘भल्ट सेभेन’ उपकरणहरू लिक गरेको आरोप लगाएका छन् । ३५ वर्षका शुल्टेले सन् २०१७ मा विकिलिक्सलाई लगभग ८ हजार ७ सय ६१ कागजात सेयर गरेको आरोप छ ।
शुल्टे साइबर इन्टेलिजेन्स केन्द्रमा सफ्टवेयर विकासकर्ताको रूपमा कार्यरत थिए ।

