

अरुण चौधरी र अजितनारायण ग्राण्डी अस्पतालमा रिफर

काठमाडौं- बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ । उनीसँगै पक्राउ परेका अजितनारायण सिंहलाई पनि ग्राण्डीमा रिफर गरिएको छ ।
गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका दुवैलाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको बताइएकाे छ ।
अरुण चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

