ताजा जनादेशनै अहिलेका लागि उत्तम विकल्प : अध्यक्ष थापा


भैरहवा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशनै अहिलेका लागि उत्तम विकल्प भएको बताएका छन् । पार्टीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

अध्यक्ष थापाले जनताले ५ बर्ष नेकपालाई सरकार सञ्चालनका लागि म्यान्डेट दिएको उल्लेख गर्दै अध्यक्ष थापाले अपवित्र गठबन्धनको खेलमा नलाग्न नेपाली कांग्रेसलाई सुझाव समेत दिएका छन् ।

थापाले अहिलेको समयमा काङग्रेस सरकारमा गए मुलुकका लागि दुर्भाग्य हुने बताए । अध्यक्ष थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनु स्वागतयोग्य र ऐतिहासिक कदम भएको पनि बताएका छन् ।

 

 

प्रतिक्रिया