प्रभु साहले दिए मानव अधिकार आयोगविरुद्ध कानुनी लडाईं लड्ने चेतावनी


काठमाडौं- आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आफूलाई कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको कारण मानव अधिकारको गम्भीर उल्लंघनकर्ताको सूचीमा राखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगलाई प्रश्न गरेका छन् ।

आयोगले आफ्नो नाम मानव अधिकारको गम्भीर उल्लंघनकर्ताको सूचीमा समावेश गरेपछि साहले एक वक्तव्य जारी गर्दै घट्नाको सत्य, तथ्य सार्वजनिक गर्न चूनौति दिएका हुन् ।

‘मलाई मानव अधिकार उल्लंघनको दोषी देखाउने मानव अधिकार आयोगलाई चूनौति दिन चाहन्छु–मैले कुन घट्नामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको छु ? घट्नाको सत्य, तथ्य सार्वजनिक गर । यसरी मेरो चरित्र हत्या गर्ने र जनतालाई गुमराहमा राख्नु र बिनाआधार कसैको चरित्र हत्या गर्नु आँफैंमा मावनअधिकारको उल्लंघन हो ’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरुले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानूनी लडाईं लड्न बाध्य हुने चेतावनी दिन चाहन्छु ।’

प्रतिक्रिया