बीपी प्रतिष्ठानका उपकुलपति कार्कीविरुद्ध उच्च अदालतमा रिट दर्ता


सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीको नियुक्ति गैरकानूनी भएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट परेको छ ।

प्राडा कार्कीको नियुक्ति नै गैरकानूनी भएको र सो नियुक्ति प्रथम दृष्टिमै खारेजीको भागीदार रहेको आन्दोलनरत पक्षले दाबी गरिरहेका बेला प्राडा कार्कीको नियुक्तिको विरुद्ध मंगलबार रिट परेको हो ।

धरानका सुमन श्रेष्ठले प्रतिष्ठानका कुलपति, सहकुलपति तथा कायम मुकायम उपकुलपति प्राडा कार्कीसमेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा ‘विवादित कायम मुकायम उपकुलपतिको मिति २०८० असार १७ को नियुक्ति र त्यसै नियुक्तिलाई निरन्तरता दिने मिति २०८० मंसिर ४ को नियुक्तिलाई उत्प्रेषण लगायत आज्ञा आदेश जारी गरी बदर गरीपाउँ’ भनी माग गरिएको छ ।

रिटको पेशी माघ १९ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया