बंगलादेशविरुद्ध नेपालको सय रन पूरा


काठमाडौं – आईसीसी यू–१९ विश्वकप अन्तर्गतको सुपर सिक्सको खेलमा नेपालले सय रन पूरा गरेको छ ।

बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले २९.२ ओभरमा ४ विकेट गुमाउँदै सय रन पूरा गरेको हो ।

नेपालका लागि कप्तान देव खनाल ३५ रनमा आउट हुँदा अर्जुन कुमालले १४ रन बनाएर आउट भए । त्यस्तै विपिन रावल र आकाश त्रिपाठी क्रमशः २ र ३ रन बनाएर आउट भए ।

नेपालका लागि अहिले विशालविक्रम केसी र गुल्सन झाले ब्याटिङ गरिरहेका छन् । केसी २८ रन बनाएर खेलिरहेका छन् भने गुल्सन बिना कुनै रन खेलि रहेका छन् ।

प्रतिक्रिया