भारत भ्रमणमा रहेको सांसदहरु नेपाली दूतावासमा


काठमाडौं- भारत सरकारको निमन्त्रणामा भ्रमणमा रहेको नेपाली सांसदहरुको टोली दिल्लीस्थित् नेपाली दूतावासमा पुगेको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सांसदहरुको टोलीलाई भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दूतावास परिसरमा स्वागत गरेका हुन् ।

नेपाली प्रतिनिधिहरुले भारतका लोकसभाका सभामुखदेखि विदेशमन्त्री डा. एश जयशंकरसम्म भेटवार्ता गर्ने तय भएको छ ।

प्रतिक्रिया