

कक्षा १२ मा पढ्ने रोहितले त्रिविको वेबसाइट ह्याक गरेपछि…

काठमाडौं– कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, बल्खु (पनिका)को वेबसाइट ह्याक गरेका छन् ।
मङ्गलवार राति ह्याक भएको उक्त वेबसाइट रिडाइरेक्ट भएर ललितपुरको सीसीआरसी कलेजमा अध्ययनरत रोहित रोकायाको फेसबुक अकाउन्टमा पुगिरहेको थियो । उक्त अकाउन्टबाट नै साइट ह्याक गरेको भन्ने पोस्ट अपलोड भएको थियो ।
उनका बुबा देवेन्द्र रोकायाका अनुसार साइबर सेक्युरिटीमा टीयूको वेबसाइट कत्तिको सुरक्षित छ भन्ने जाँच्न छोराले साइट ह्याक गरेका हुन् । त्रिविले यसलाई सुरक्षित बनाउनुपर्ने भन्दै रोहितले ह्याक गरेको उनका बुबाले बताए । साथै उनले सबै डेटा सुरक्षित रहेको जानकारी दिए ।
अहिले पनि टीयूको कन्भोकेसनको साइट रिडाइरेक्ट भएर रोहित रोकायाकै फेसबुक अकाउन्टमा गइरहेको छ ।

