दोस्रो पटक आफ्नो समूहमा संसदीय दलको नेता चुनिए प्रचण्ड, ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफ्नो समूहको संसदीय दलको बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दोस्रो पटक नेता चुनिएका छन्।

प्रतिनिधि सभा विघटन हुनासाथ संसदीय दलको बैठक राखी नेता चुनिाएका उनी शुक्रबार सिंहदरबारमा झलनाथ खनालको अध्यक्षतामा भएको बैठकमा फेरि चुनिाएका हुन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ११४ जना सांसद आफू पक्षमा रहेको दाबी प्रचण्ड–माधवकुमार नेपालले गरेको छ। उनीहरूको हस्ताक्षर समेत गरिएको बताइएको छ।

उक्त समूहले आइतबार प्रतिनिधि सभाको अधिवेशन सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ।

प्रतिक्रिया