बाँदरको बन्ध्याकरण सिक्न जान चाहने १९ सांसद, कुन पार्टीबाट को-को ?


काठमाडौं – बाँदर बन्ध्याकरणबारे अध्ययन गर्न भन्दै १९ जना सांसदले भारत जाने तयारी गरेका छन् । माघको अन्तिम वा फागुनको पहिलो साता भारत भ्रमणका लागि १९ जना सांसदले रुचि देखाएर नाम टिपाएको संसद्को कृषि समितिले जानकारी दिएको छ ।

समितिका अनुसार १० जना भेटेरिनरियन र पाँचजना रेन्जरसहितको टोली तालिमका लागि भारत जाने तयारीमा छ । उनीहरुले सीप सिकेर आएपछि बाँदरको बन्ध्याकरण सहज हुने बताइएको छ। तर, यसैबीच बाँदर बन्ध्याकरणबारे अध्ययन गर्न भन्दै १९ जना सांसद पनि भारत जाने भएका छन्।

तालिम लिन प्राविधिकहरु जाने तयारी भइरहेका यति धेरै सांसदहरु सरकारी खर्चमा बन्ध्याकरण अध्ययन भ्रमणमा निस्किने तयारी भइरहेको हो।

बन्ध्याकरण सिक्न जान चाहने टोलीमा सबैभन्दा धेरै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ७ जना सांसद रहेका छन् । त्यस्तै सत्तारुढ दलका नेपाली कांग्रेसका ४ जना सांसद भारत जान चाहेका छन् ।

त्यस बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका २ जना सांसद पनि बाँदर बन्ध्याकरण सिक्न जाने भएका छन् ।

त्यस्तै सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रका २ जना सांसद रहेका छन् ।

त्यस्तै जनमत, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीका १/१ जनासहित एक स्वतन्त्र सांसदले पनि जाने इच्छा व्यक्त गरेको समितिले जनाएको छ ।

नेकपा एमाले

(१) अमृतलाल राजवंशी

(२) विजुला रायमाझी

(३) गंगाप्रसाद यादव

(४) मानवीर राई

(५) सरस्वती सुब्बा

(६) सूर्यकुमारी श्रेष्ठ

(७) सूर्यप्रसाद ढकाल

नेपाली कांग्रेस

(१) दिक्पालकुमार शाही

(२) कुसुमदेवी थापा

(३) बिरबहादुर बलायर

(४) रूपा विक

 

माओवादी केन्द्र

(१) रूपा सोसी चौधरी

(२) मीना तामाङ

रास्वपा

(१) अशोककुमार चौधरी

(२) विनिता कठायत

 

राप्रपा

(१) अनिशा नेपाली

 

जनमत
(१) सोनु मुर्मु

 

जनता समाजवादी पार्टी

(१) नवलकिशोर शाह सु

 

स्वतन्त्र
(१) योगेन्द्र मण्डल

प्रतिक्रिया