
पोखराको १९ नम्बर वडावासी दोधारमा : वडाध्यक्ष भन्छन् -रुख काटाैं, मेयरले भने- नकाटाैं
पोखरा- बाँदर नियन्त्रण गर्न वडाले सञ्चालन गरेको ‘मेरो रुख म काट्छु’ अभियानमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आपत्ति जनाएका छन् ।
सोमबार पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रण गर्न भन्दै स्थानीयलाई आफ्नो जग्गामा भएका रुख काट्न आग्रहसहितको सूचना जारी गरेका थिए । “‘आजको १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउन साथै आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि सूचना प्रकाशित गरिन्छ,” पाण्डेले भनेका छन् ।

सूचनाप्रति मेयर आचार्यले मंगलबार सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । “आफ्नो रुख आफैँ काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यस सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सोसम्बन्धी कुनै पनि कार्य (रुख काट्ने/फाँड्ने) नगर्नू/नगराउनुहुन सम्बधित सबैलाई जानकारी गराइसकिएको छ । भ्रममा नपर्नुहुन अनुरोध छ,” आचार्यले लेखेका छन् ।



कागजपत्र |
