यी हुन् बाँदरको बन्ध्याकरण सिक्ने भन्दै सरकारी खर्चमा भारत जान लागेका १९ सांसद


काठमाडौं- बाँदर बन्ध्याकरणबारे अध्ययन गर्न भन्दै १९ जना सांसदले भारत जाने तयारी गरेका छन् । माघको अन्तिम वा फागुनको पहिलो साता भारत भ्रमणका लागि १९ जना सांसदले रुचि देखाएर नाम टिपाएको संसद्को कृषि समितिले जानकारी दिएको छ ।

समितिका अनुसार १० जना भेटेरिनरियन र पाँचजना रेन्जरसहितको टोली तालिमका लागि भारत जाने तयारीमा छ । उनीहरुले सीप सिकेर आएपछि बाँदरको बन्ध्याकरण सहज हुने बताइएको छ। तर, यसैबीच बाँदर बन्ध्याकरणबारे अध्ययन गर्न भन्दै १९ जना सांसद पनि भारत जाने भएका छन्।

तालिम लिन प्राविधिकहरु जाने तयारी भइरहेका यति धेरै सांसदहरु सरकारी खर्चमा बन्ध्याकरण अध्ययन भ्रमणमा निस्किने तयारी भइरहेको हो।

यी हुन् भारत जाने तयारी गर्ने १९ सासंद

अनिशा नेपाली
अमृतलाल राजवंशी
अशोककुमार चौधरी
कुसुमदेवी थापा
गंगाप्रसाद यादव
दिक्पालकुमार शाही
रूपा सोसी चौधरी
विजुला रायमाझी
बिरबहादुर बलायर
सरस्वती सुब्बा
सूर्यकुमार श्रेष्ठ
सूर्यप्रसाद ढकाल
सोनु मुर्मु
नवलकिशोर शाह सु
विनिता कठायत
मनवीर राई
मीना तामाङ
योगेन्द्र मण्डल
रूपा विक

प्रतिक्रिया