‘मार्शल’ भेट्न डिल्लीबजार कारागार पुगे बाबुराम


काठमाडौं-समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटेटराईले काठमाडौँको डिल्लीबजार कारागारमा पुगेर पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डर जितमान पुन (मार्शल)लाई भेटेका छन् ।

हाल नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका मार्शललाई भेटेपछि डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पुन रिहाइका लागि पहल गर्न आग्रह गरेका छन् ।

‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेसपाका केन्द्रीय सदस्य जितमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा उहाँलाई कारागारमै गएर भेटेपछि त्यसलगत्तै प्रधानमन्त्री तथा पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमान्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु’, डा. भट्टराईले शनिबार बिहान भनेका छन् ।

माघ ७ गते जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेका पूर्वी रुकुमका पुनलाई अदालतको फैसलाअनुसार डिल्लीबजार कारागार चलान गरिएको हो ।

उनलाई जिल्ला अदालत दाङले २०७२ सालमै लागु औषध चरेस ओसारपसारसम्बन्धी मुद्दामा दोषी ठहर गरी २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रतिक्रिया