

काठमाडौंका सडक व्यवसायीद्वारा आन्दोलनको घोषणा

काठमाडौं- काठमाडौं महानगरले आफुहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् ।
शुक्रबार संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमति कार्यान्वयन नगरि महानगरले सडक व्यवसायीहरुलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
समितिले काठमाडौं महानगरमा ज्ञापन पत्र बुझाउने, जनप्रदर्शनसहित महनगरमा धर्ना, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रशासन कार्यालय लगाएत बिभिन्न राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने जनाएको छ ।
त्यस्तै माघ २८ गते थाल, चम्चा, ठटाउने जुलुससहित महानगर घेराउ गर्ने नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए ।

