प्रहरीबाटै कुटिए विमानस्थलका अध्यागमन प्रमुख


काठमाडौं-  त्रिवि अध्यागमनका प्रमुख र अधिकृतमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।

त्रिवि अध्यागमनका प्रमुख गोगनबहादुर हमाल र अधिकृत छायालाल मोक्तानमाथि प्रहरीहरुले दुर्व्यवहार गरेको हो ।

त्रिवि अध्यामगन स्रोतले आज (शुक्रबार) दिउँसो कर्मचारीमाथि कुटपिट भएको जनाएको छ । प्रहरी र अध्यागमनबीचको विवादले हातपात भएको बताइएको छ ।

तर, सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो ।

त्यसपछि हमालले प्रहरीको ज्यादती बढी भयो भनी कुरा गर्ने बित्तिकै सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेका थिए ।

त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि पनि आक्रमण भएको बताइएकाे छ ।

प्रतिक्रिया