

बुढानीलकण्ठमा जागिरको अवसर, कुन-कुन पदमा सकिनेछ दरखास्त दिन ? (सूचनासहित)

काठमाडौं – बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालमा सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको हो ।
आवेदन आहृवान सम्बन्धी विस्तृत सूचना बुढानीलकण्ठ नगरपालिकाको वेभसाइट www.budhanilkanthamun.gov.np बाट प्राप्त गर्न सकिनेछ । पदपूर्ति सम्बन्धी आवश्यक प्रक्रिया बुढानीलकण्ठ नगरपालिका, करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम हुनेछ ।

