मधेसमा कांग्रेसका ढुङ्गाना र जसपाकी चौधरी निर्वाचित


जनकपुरधाम- राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् ।

ढुङ्गानाललाई प्रदेशसभाका ६७ सांसद र पालिकाका २०१ प्रमुख/उपप्रमुखले मतदान गरेका छन् भने चौधरीलाई प्रदेशसभाका ७६ सांसद र पालिकाका २०५ प्रमुख/उपप्रमुखले मतदान गरेका छन् ।

 

प्रतिक्रिया